एनएमबि बैकको वित्तीय साक्षरता तालिम

काठमाडौ । एनएमबि बैंकद्धारा लालबन्दीको तरकारी उत्पादक कृषकलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १ सय ५० जना कृषकको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित कृषकलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा बित्तीय शिक्षा प्रदान गर्नुको साथै किसानसंग अन्तरकृया समेत गरी उनीहरुको जिज्ञासा तथा सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रममा बैंकका तर्फबाट लघुवित्त विभागका प्रवन्धक शरद पौडेलले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजन बैंकको लालबन्दीका शाखा प्रमुख अरुण कुमार आचार्यले गरेको पनि बैकले जनाएको छ । सर्लाहीको लालबन्दी क्षेत्र तरकारी उत्पादनको लागि अत्यन्तै महत्वपूर्ण पकेट क्षेत्र मानिन्छ ।

यस क्षेत्रका करिव १ हजार ५ सय किसान प्रत्यक्ष रुपमा व्यवसायीक तरकारी खेतीमा लागेका छन । यस क्षेत्रमा उत्पादित तरकारी काठमाण्डौ, पोखरा, बिराटनगर, नारायणगढ लगायतका विभिन्न शहरमा पठाउने गरेको पनि उल्लेख छ । बैंकले हाल मुलुकभर २ सय १ शाखा, १ सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको पनि पनि बैकले जनाएको छ ।

प्रतिक्रिया