ज्योति बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काडमाडौ । ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार संग केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख बिशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सो छुटको लाभ उठाउन पाउने पनि बैकले जनाएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । बैंकले देशका अन्य विभिन्न व्यवसायसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । हाल बैकले १ सय १७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया