पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला

काठमाडौं । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

झापाका डिएसपी वसन्तकुमार पाठकका अनुसार अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो । उनो शव बुटोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत महिलाको साथमा ब्यागसमेत रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया