प्राविधिक शिक्षा आजको आवश्यक्ताः पूर्वराष्ट्रपती यादव

विराटनगर । पुर्वराष्ट्रपती रामवरण यादवले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको सैलैजा आचार्य स्मृति पोलिटेक्निको अनुगमन निरिक्षण पछि शनिबार आयोजित कार्यक्रमा प्राविधिक शिक्षाले व्यवसायिक जनशक्ति उत्तपादन गर्ने भएकोले शिक्षामा सवैको पहुँच आवश्यक रहेको बताए । सो अवसरमा पूर्वराष्ट्रपति यादवले शिक्षामा सवैको पहँुच पु¥याउन ग्रामिणक्षेत्रका गरिव तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनु पर्ने बताए ।

नेपाली कांग्रेसका पूर्व नेतृ स्वर्गीय सैलैजा आचार्यको नाममा स्थापन भएको प्राविधिक शिक्षालयको विकासमा संघ, प्रदेस, स्थानीय गरी तिनै तहको सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
समुदाय सिक्षित भएमा मात्र समाज परिवर्तन हुने भएकाले सवैलाई न्युन शुल्कमा शिक्षाको व्यवस्था मिलाउनुपर्ने उनले बताए । प्राविधिक शिक्षा हासिल गरेपछि आफुले सिकेको ज्ञान र सिपलाई राष्ट्रको हितमा उचित प्रयोग गर्न सबैलाइ सुझाव दिदैँ ।

जातिय समाजभन्दा माथी उठेर मुलुक र समाजको विकासमा सवै लाग्नुपर्ने उनले बताए । सिटिभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । तीन विघा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा अहिले ५ सयभन्दा वढि विद्यार्थी अध्यनरत रहेको सो विद्यालयका प्रमुख सन्तवहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया