दुई प्रमुख मिलेर सरकारी रकम हिनामिना

रौतहट । डिभिजन वन कार्यालय रौतहटमा लाखौं रकम हिनामिनामा कार्यालय प्रमुख र जिल्ला वन पैदावार आपुर्ती समितिका प्रमुख नै संलग्न रहेको पाइएको छ । वन कार्यालय प्रमुख अमरदेब यादव र वन पैदावार आपुर्ती समितिका प्रमुख बिमल ठाकुरले सरकारी खातामा जम्मा गर्नुपर्ने करिब १ करोड ३१ लाख ९ हजार ९ सय ६४ रुपैंया बैंक दाखिला नगरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको देखिएको छ ।

उनिहरुले आफ्नो पद र अख्तियारको दुरुपयोग गरेर करोडौं रुपैयाँ अपचलन गरेको भएपनि उनिहरुमाथी कारवाही भएको छैन । महालेखाको प्रतिबेदनले यादब र ठाकुरले सरकारी नगद अपचलन गरेको भन्दै कुल रकमको १० प्रतिशत हर्जाना समेत असुल उपर गर्न भनेको भए पनि उनिहरु राजनीतिक आडमा सरकारी रकम चलाउने र नियम कानुनको धज्जी उडाउने कार्यमा लागेका छन् ।

आर्थिक कार्यबिधि तथा बित्तिय उत्तरदायि उत्ततरदायित्व ऐन २०७६ को दफा २८ मा आफ्नो जिम्मामा आएको सरकारी नगद सोही दिन वा त्यसको भोलिपल्ट यथा स्थानमा दाखिला नगरेमा कार्यालय प्रमुखले १० दिन भन्दा बढी ढिलो गरेको भएमा १० प्रतिशतका दरले जरिवाना हुने स्पष्ट कानुन भएपनि वन प्रमुख यादव र आपुर्ती प्रमुख ठाकुरले महिनौं सरकारी रकम दुरुपयोग गरेर आरमले बसेका छन् ।

दुवै प्रमुखले सरकारी रकम अपचलन गरेर सिंगो कर्मचारीतन्त्रको नाम मात्र बदनाम गराएको छैनन्, महालेखाले जरिवाना तिर्न भनेको करिब १३ लाख रुपैंया समेत तिर्न अटेर गरिरहेका छन् । राजनीतिक पहुँचका आडमा यहि बैशाख १५ गते उमेर हदका कारण अवकास दिनुपर्ने डिभिवन वन कार्यालय रौतहटका प्रमुख अमरदेब यादव नियमित कामकाजमै छन् ।

जिल्ला वन पैदावार आपुर्ती समितिबाट गत बर्ष संकलन भएको रकम आर्थिक बर्षभित्र दाखिला नगर्ने कार्यालय प्रमुखलाई हालसम्म कुनै कारवाही नहुनु कानुनी राज्यको उपहास भएको अधिवक्ता विपीन गौतमले बताएका छन् ।

प्रतिक्रिया