काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको चुनाव कसले जित्ने भन्नेमा अझै अन्यौल छ । आईतबार हुने सो निर्वाचनमा एमाले, माओवादी र नेपाली कांग्रेस एकीककृत समाजवादीबीच तालमेल भएको छ ।
कुल २४ मतदाता रहेको सो समितिमा नेपाली कांग्रेसका १२, एमालेका ७ माओवादीका ४ र एकीकृत समाजवादीका एक मत रहेको छ । सभापतिका लागि नेपाली कांग्रेसको तर्फबाट बाह्रबिसे नागपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ र उपसभापतिमा एकीकृत समाजावादीका पदम नेपाल उम्मेदवार भएका छन् ।
त्यसैगरी सो निर्वाचनमा माओवादीका तर्फबाट सभापतिमा गणेश विक र उपसभापतिमा एमालेका जेपी सिलावाल मैदानमा छन् । एमाले र माओवादीबीच गठजन्धन हुँदा ७ सिट जितेको एमालेलाई उपसभापति र ४ सिट जितेको माओवादीलाई सभापतिमा उम्मेदवारी दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको बताइएको छ ।
जिल्ला समन्वय सिन्धुपाल्चोकमा नेकपाली कांग्रेसका १२, एमाले माओवादीका गठबन्धन ११ र एकीककृत समाजावदीका १ मत रहेको छ । यो निर्वाचनमा एकीककृत समाजावादीको एक भोट निर्णयक हुने भएको छ ।
एकीकृत समाजावदीलाई उपभसभापतिमा उम्मेदवारी दिएकोले सो भोट नेपाली कांग्रेसतर्फ जाँदा कांग्रेस एकीककृत समाजावादी गठबन्धन बिजय हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसलाई यसरी मतदान गर्ने एकीकृत समाजावादीबाट सीता थापा चौतारा साँगागढीचोककी उपाध्यक्ष हुन् ।
उनी मााओवादीको सहयोगमा चुनाव जितेकी हुन् । गएको स्थानीय चुुनावमा अनेक थरीका तालेमल हुने जिल्लामध्ये एक पर्छ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एकीकृत समाजवादीले एक उपमेयरसहित १३ सिट जितेको छ ।
प्रतिक्रिया