प्रदेश–१ को नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । प्रदेश–१ सरकाले बुधबार बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको तर्फबाट बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकासजस्ता कार्यक्रमलाई महत्व दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै कोभिड नियन्त्रण, रोकथाम व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको सराहना गरे ।

उनले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, उन्नत जातको गुणस्तर बिउ तथा मलखाद सहजरूपले किसानलाई उपलव्ध गराउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिनेजस्ता कार्यक्रम नीति तथा कार्यक्रमा समेटिएको उनले उल्लेख गरे ।
त्यसैगरी एक पालिका एक उत्पादन कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै नीजि क्षेत्रका लागि उद्योग मैत्री वातावरण, बृहत् लगानी सम्मेलन, एक घर एक उद्यमी, तथा प्रादेशिक श्रमिक नीतिको अवधारणालाई कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा बृहत् विराट क्षेत्रको अवधारणा तथा विराटनगरमा चक्रपथको निर्माण, विराटनगर, इटहरी तथा धरानजस्ता ठूला सहरलाई आधुनिक सहर बनाउने, एकीकृत वस्ती व्यवस्थापन, विराटनगरस्थित सिघिया तथा केसलिय खोलामा कोरिडोर निर्माण गुणस्तर खनेपानीका लागि एकघर एकधारा, आगामी दुई वर्षभित्र प्रदेश–१ का सबैघरमा विद्युत् सेवा उपलव्ध गराउनेजस्ता विषयलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रदेश प्रमुख खापुङले बताए । त्यसैगरी युवा स्वरोजगार कार्यक्रम, सञ्चार क्षेत्रको विकास, सडक सुशासनजस्ता विषयलाई समेत कार्यक्रमले समेटेको छ ।

प्रतिक्रिया