काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क फोन गरेर टिपाउन सकिने महानगरले जानकारी दिएको छ ।

कल सेन्टरमा एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र कलको सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा सुरक्षित रुपमा राखिने जनाइएको छ ।

प्रतिक्रिया