काठमाडाैं १६ का वडाध्यक्ष रिजाल आफैं फोहोर उठाउन निस्किए

काठमाडौं । सडकमै फोहोर थुप्रिएपछि काठमाडौँ महानगरपालिका १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन् । महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन् ।

उनले फोहोर सङ्कलनको काम वडाको नभई महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको बताए । ‘अब केन्द्रले सकेन भनेर चुप बस्न सकिएन । मेरो वडाको फोहोर अब मै उठाउँछु,’ उनले भने ।

प्रतिक्रिया