भरतपुरमा कटुवा पेस्तोलसहित एक पक्राउ

चितवन । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ना ४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया