मुख्यमन्त्री पाण्डे र काठमाडौं महानगरका मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पाण्डेलाई भेट्न मेयर साह आईतबार बिहानै पाण्डे निवास स्वयम्भू पुगेका थिए । उक्त भेटमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापन गर्न चुनौती रहेको बताएका थिए ।

भेटमा मेयर साहले फोहोर व्यवस्थापनको लागि सहयोग गर्न मुख्यमन्त्री पाण्डेसँग आग्रह गरेका थिए । उनको जवाफमा मुख्यमन्त्री पाण्डेले दीर्घकालीन व्यवस्थापन र अल्पकालीन व्यवस्थापनको विषयमा जानकारी दिएका थिए ।

मेयर बालेनले आफू अझै पनि जनताको माग पुरा गर्ने पक्षमा रहेको र त्यसको लागि आफुलाई ३ महिना समय लाग्ने बताएका थिए । मुख्यमन्त्री पाण्डेले भेटमा काठमाडौं महानगरले गर्ने हरेक सकारात्मक कार्यमा आफू सदैव सहयोग गर्न तयार रहेको बताएको पाण्डेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया