संघीय निजामती सेवा ऐन जारी होस्

विराटनगर । संघीय निजामती सेवा ऐन जारी गर्न मागसहित ४१ वुदेँ विराटनगर घोषणापत्र जारी गर्दै नपाल निजामती कर्मचारी युनियन प्रदेस न १ को प्रादेशिक सम्मेलन शनिबार विराटनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा जारी घोषणापत्रका विषयमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । नेपाल निजामती कर्मचारी युनियनका प्रदेस १ का अध्यक्ष मनवहादुर वनले घोषणापत्र जारीगर्दै आगामी भाद्र – २२ गते निजामती सेवा दिवससम्म ऐन जारी गर्नका लागि कानुनी प्रक्रिया अघि नबढे दिवस वहिष्कार गर्ने र युनियनले दवाव मुलक कार्यक्रम अघि वढाउने जानकारीदिए ।


ऐन जारीगर्न प्रधानमन्त्री तथा मन्त्रीहरुलाई पटपटक युनियनले ज्ञापनपत्र वुझाएको र ऐन जारीगर्ने आश्वासन समेत पाइ सकेकाले ऐन जारी गर्नुको विकल्प नभएको उहाले बताए । जारी घोषणापत्रमा संघीय, प्रदेस निजमतीसेवामा कर्मचारी कल्याणकोषको स्थापना, कर्मचारीका लागि विनाधितौ ५० लाखसम्मको ऋण उपलव्ध गराउन साथै दुर्गम तथा पोसाक भत्ता शतप्रतिशत वृद्धिगर्न र करार तथा अस्थाई कर्मचारीहरुको उचित व्यवस्थापनका लागि जोडदार माग गरिएको छ ।


घोषणापत्रमा राजनीति आस्थाका आधारमा निजामती कर्मचारी माथि हुने गरेको भेदभावको अन्त्य, निजामती सेवाका सवै तह र पदहरुमा समान किसिमको वढुवा प्रणाली कायम, सवै सेवा समुहका कर्मचारीहरुलाई सवै तहमा श्रेणिगत वा तहगत एउटै व्यवस्थागर्नु पर्ने, सबै कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पुर्वनुमानयोग्य वनाउन चक्रिय प्रणालीको व्यवस्था तथा कर्मचारीको स्वेच्छिक अवकास योजना पुन कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।


त्यस्तै स्वास्थ्य सेवालाई संघीय निजामती सेवा ऐनमा समावेशगर्न माग गर्दै लोकसेवा आयोगवाट सिफारिस भई स्थानियतहमा नियुक्त भएका सवै कर्मचारीलाई आधिकारिक ट्रेडयुनियको निर्वाचनमा सहभागी हुने व्यवस्था गर्न माग गरिएको छ ।
सरकारी कामको शिलशिलामा मृत्यु भएका कर्मचारीलाई राष्ट्रसेवक शहिद घोषणागर्न तथा त्यस्ता कर्मचारीको परिवारलाई योग्यता अनुसार रोजगारीको व्यवस्थागर्न समेत घोषणापत्रमा माग गरिएको छ ।


त्यसै गरी निजामती अस्पताल प्रदेसतहमा विस्तारगर्न तथा सो व्यवस्था नभएसम्म सरकारी कर्मचारीलाई सवै सरकारी अस्पतालहरुवाट निशुल्क सेवा प्रदानगर्न घोषणापत्रमा उल्लेख गरिएको छ । सो सम्मेलनले एक महिना तलव वरावरको भत्ता सहित १५ दिनको पर्यटन विदाको व्यवस्था कार्यान्वय गर्न र निजामती कर्मचारीको सेवा अवधि ५८ वर्षवाट ६० वर्ष पु¥याउन समेत घोषणापत्रमा माग गरिएको छ ।


पत्रकार सम्मेलनमा वोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारीको हकहितका लागि संघीय निजामती सेवा ऐन जारी गर्नुपर्नेमा जोड दिए । आधिकारीक ट्रेड युनियनको निर्वाचन यथासिघ्र सम्पन्न गराउन पहल गर्ने र सम्मेलनबाट जारी विराटनगर घोषणापत्र कार्यान्वयन गराउन केन्द्र स्तरवाट समेत युनियनले प्रक्रिया अघि वढाउने उनले बताए । सम्मेलनमा प्रदेस न १ का १४ वटै जिल्लाका २ सय ५० भन्दा वढि कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया