अछाम । अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड भएको उनले बताए ।
केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो । अहिले एमालेले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बन्दै गएको स्थानीयले बताएका छन् । प्रदर्शनकारीले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।
प्रतिक्रिया