संसदमा ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक पेश

काठमाडौं । संसदमा ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक २०७९ पेश गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक २०७९ पेश गरेका हुन् । आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेश गरेका थिए ।

यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

गत आइतबार (१५ जेठ) मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया