बझाङ । यार्सा संकलनको क्रममा हिमपहिरोमा परि बझाङमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्मा गाउँपालिका– १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेको उनका आफन्तहरुले बताएका छन् ।
बिहीबार राति १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले उनीसँग सुतिरहेका अन्य बाँच्न सफल भएको र उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको बताए । मृतक बोहराका एक छोरा र एक छोरी रहेका छन्।
बझाङ
प्रतिक्रिया