सरोकारवालासँग फिदिम नगरपालिकाको सार्वजनिक सुनुवाई

पाँचथर । फिदिम नगरपालिकाले सरोकारवालासँग सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार फिदिम वडा नम्बर १ र ४ का सरोकारवालासँग आथिर्क वर्ष २०७८–०७९ को पहिलो र दोस्रो चौमासिक विकासे प्रगति विवरण १ र ४ का वडाध्यक्षहरुले प्रस्तुत गरेका छन् ।

उक्त सुनुवाइमा नगरपालिका विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना प्रगति प्रतिवेदन प्रस्तुत गरे । सो सुनुवाई नगरपालिकाको सहयोगमा सञ्चार विकास केन्द्र पाँचथरले आयोजना गरेको थियो ।

उक्त सार्वजनिक सुनुवाइमा विभिन्न विषयमा उठेका सवालजवाफ फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, वडाका अध्यक्षद्वय गजाधर भट्टराई र उपेन्द्र लावतीले प्रश्नोत्तरको जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई पत्रकार जितेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । फिदिम नगरपालिकाका १४ वटै वडाको सार्वजनिक सुनुवाई अन्तिम चरणमा पुगिसकेको बताइएको छ ।

प्रतिक्रिया