रावा बैकका कार्ड होल्डरलाई छुट

काठमाडौ । राष्ट्रिय वाणिज्य (रावा) बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रालिबीच बैंकका डेबिट÷क्रेडिट कार्ड होल्डरलाई केबुलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका हुन ।

सम्झौता भएपश्चात् कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट÷क्रेडिट कार्ड भएका ग्राहकलाई केबुलकारले भाडा रकममा १० प्रतिशत छुट दिनेछ । कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजंग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठलगायत कर्मचारीको उपस्थिति रहेको थियो । हाल देशभर बैंकले २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिंग सेवासहित आधुनिक डिजिटल बैंकिंगको माध्यमबाट सेवाप्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया