कावासोती । किटजन्य तथा पशुजन्य रोगसम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम बिहीबार कावासोतीमा सम्पन्न भएको छ । कावासोती नगरपालिका स्वास्थ्य शाखाको आयोजना र शिवमन्दिर स्वास्थ चौकीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक सेवा केन्द्र नवलपुरको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागी विभिन्न क्षेत्र तथा संघसंस्थाका प्रतिनिधिहरुले सरुवा रोगको रोकथाम तथा नियन्त्रणका लागि अपनाउँन सकिने उपायहरुका बारेमा छलफल गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाले मनसुन सुरु भएपछि देखिन सक्ने सरुवा रोगहरुको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोगहरुलगायत अन्य विविध रोगहरुका बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । साथै, कार्यक्रमका सहभागीहरुले सरुवा रोगको रोकथामका लागि वातावरण सरसफाईमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कावासोती नगरपालिका– ३ का वडाध्यक्ष डोरमान गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब पारेश्वर भुर्तेल र शिवमन्दिर स्वास्थ्य चौकीका प्रमुख विश्वराज कँडेलले गरेका थिए ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया