वीरेन्द्रको सालिक हटाएपछि जनआन्दोलनकी सहिद सेतुको सालिक तोडफोड

काठमाडौं । नेपालगञ्जमा दोस्रो जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरिएको छ । धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि त्यसको आक्रोशमा सेतु विकको सालिक तोडफोड गरिएको हो । जेठ १९ गते दरबार हत्याकाण्डलाई स्मरण गरेर राजावादीहरुले वीरेन्द्रको सालिक राखेका थिए। तर त्यसलाई लिएर अर्को पक्ष विरोधमा उत्रिएपछि प्रहरी हस्तक्षेपमा उत्रिएको थियो ।

प्रहरीले वीरेन्द्रको सालिक हटाएपछि नजिकैको सेतु विक चोकमा पुगेर प्रदर्शनकारीले सहित सेतु विकको सालिक तोडफोड गरेर बिगारिदिएका हुन् । धम्बोझी चोकमा राजावादी युवाहरु र राप्रपाका नेता कार्यकर्तासहित भेला भएर दोस्रो जनआन्दोलनका क्रममा हटाइएको वीरेन्द्रको सालिक पुनःस्थापना गरेका थिए ।

प्रतिक्रिया