म्युजिक नेपालको यूट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडाैं । म्युजिक नेपालको यूट्युब च्यानल ह्याक भएको छ । यूट्युब च्यानलको नाम नै ह्याकरले परिवर्तन गरेर ‘टेस्लालाइभ’ राखेका छन् । विश्वका सबैभन्दा धनी मानिने एलन मस्कको कम्पनी हो टेस्ला ।

म्युजिक नेपालको यूट्युब च्यानलको ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको यूट्युब च्यानल नै म्युजिक नेपालको हो । यसअघि पनि विभिन्न म्यूजिक कम्पनीको यूट्युब च्यानल ह्याक भएको थियो ।

प्रतिक्रिया