सिटिजन्स बैंकको मोवाइल एपमै रेमिटेन्स सेवा

काठमाडौ । डिजिटल बैंकिगलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिग एपबाट रेमिटेन्स सेवा सुरुवात गरेको छ ।

अब बैंकका ग्राहकले मुलुकभर आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन । यस सेवा प्रयोग गरी ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १ सय ७४ शाखा तथा १२ हजार भन्दा बढि एजेन्ट, सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया