एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा भुक्तानी

काठमाडौं । एनआईसी एसिया बैंकले कपिलवस्तुस्थित तौलिहवा शाखामा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनाअन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।

जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बिमाबापतको १० लाख रकम उनको परिवारलाई भुक्तानी गरिएको हो । निजका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९ सय ३८ जना भन्दा बढी ग्राहकले घातक रोग बिमाबापत १ करोड ८० लाख, दुर्घटना बिमाबापत ३ करोड र मेडिकल बिमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बिमा रकम प्राप्त गरिसकेको जनाएको छ ।

प्रतिक्रिया