मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए । महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भइन, भने दलित एवं अल्पसङ्ख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी भएका छन् । माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी भएकाे सिलवालले जानकारी दिए । विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गरिन् भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराए ।

त्यसैगरी चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन् । कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसङ्ख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसङ्ख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए । निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरे, भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराए ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसङ्ख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित हुनुभएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरे, भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराएका थिए ।

त्यसैगरि भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुनिता अवाल ९प्रजापति०, कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति छन् । दलित तथा अल्पसङ्ख्यकमा उम्मेदवारी नपरेको बताइएको छ । निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराए । – रासस

प्रतिक्रिया