ग्लोबल आइएमईका ग्राहकलाई क्यासब्याक 

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ  । बैंकले अन्तर्राष्ट्रिय ब्रान्ड मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत क्यासब्याक पाउनेछन् । 

यो योजना जेठ १८ देखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेका छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८८ शाखा, २ सय ६० एटीएम, २ सय ७५ शाखा रहित बैंकिग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवं ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय ७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्रयाउदै देशको अर्थ व्यवस्थामा योगदान पु¥याउदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया