वीरगञ्जको रुंगटा मलमा मेगा बैंक

काठमाडौ । वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

बैंकका अध्यक्ष शाहले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए । औद्योगिक नगरी वीरगञ्जलाई बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।

प्रतिक्रिया