एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

काठमाडौ । डिजिटल पेमेन्टलाई सबल बनाउन एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटमा खरिद गरिएका सामान र सेवाको भुक्तानी क्यूआर मार्फत गर्न सक्नेछन ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन । नेपाल भ्रमण गर्ने भारतीय पर्यटकलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित बैंकका हाल लाखौं ग्राहक रहेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले १ सय १६ शाखा, ३१ राजस्व संकलन काउन्टर, १५० एटिएम मार्फत सेवा पु¥याउदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया