समाजवादमा पुग्नेगरी बजेटको कार्यान्वयन हुनुपर्छ : एकीकृत समाजवादी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरी बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए ।

उनले बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष रहेको बताए । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया