हराएको तारा एयरको विमान मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका

पोखरा । पोखराबाट उडेको तारा एयरको विमान अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ । उक्त विमानमा चालक दलका तीन सदस्यसहित १९ जना सवार थिए ।

प्रतिक्रिया