मुगुमा यार्सा संकलनका लागि आईतबारबाट खुल्दै वन

मुग । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकाको बिभिन्न वन क्षेत्रमा पाईने बहुमल्य जडिबुटी यार्सागुम्बु सकंलन लागि भोलि आईतबार जेठ महिनाको १५ गतेबाट वन प्रवेश खुल्ला गरिने भएको छ । मुगुमकार्मारोङ्ग गाँउपालिकका बिभिन्न क्षेत्रमा पाईने यार्सागुम्बु संकलन गर्नका लागि जिल्ला भित्रका बासिन्दा र बाहिर जिल्लाबाट आउने सर्बसाधरणलाई जेठ १५ गते देखि वन प्र्रवेश खुल्ला गरिने भएको हो । वन प्रवेशकालागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ गते बिहान वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत शुभाष रावलले जानकारी दिए ।

SONY DSC

उनका अनुसार जिल्ला भित्रका सर्बसाधरणबाट प्रतिब्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २ हजार ५ सयका दरले गाउँपालीकाले कर उठाउने गरेको छ । मुगुम कार्मारोङ्ग गाँउपालिकाको वडा नं २ मुगु गाँउको रिमाण, ठुलोकोईकी, सानो कोईकीे, छापाखोला, र्चाकु लगायतका वनमा यार्सा पाईने भएकाले सर्बसाधरण लाई यार्सा संकलनका लागि वन प्रवेश खुल्ला गरिने मुगुम कार्मारोङ्ग गाँउपालिकाकाले जनाएको छ । यार्सा बाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछी गाउँपालीको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरीने गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए ।

यसैबीच यार्सा संकलनको समयमा वन प्रवेश पछी वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालीकाले यार्सा संकलनकर्ता आग्रह गरेको छ । जेठ १५ देखि यार्सा संकलनको समय अवधि भर वातावरण लाई खलल् पुग्ने कार्य गरेको थाहा पाएका प्रचलित कानुन बमोजिम जरिवना गर्ने जनाएको छ । यार्सा संकलनका समयमा जथाभावी सिसा, प्लाष्टिकजन्य बस्तु नफाल्न र जथाभावी रुख, बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरिएको गाउँपालीकाले जनाएको छ ।

सुरक्षा व्यावस्था कडा

यार्सा संकलनको समयमा लुटपाट हुने भएको हुदाँ सुरक्षा व्यावस्था पनि कडा पारिएको छ । बिगत केहि बर्ष पहिले लुटपाट भएको भए पनि पछिल्ला बर्षहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेपछी त्यो कम हुदै आएको छ । जेठ १५ गतेबाट यार्सा पाईने स्थान रिमाण, ठुलोकोईकी, सानो काईकीे, छापाखोला, र्चाकु लगायतका वनमा सकंलनकर्ता लाई यार्सा संकलनका लागी वन प्रवेश खुल्ला गरीने भएको र संकलन अवधिभर संकलन कर्तालाई कुनै असुरक्षा र अप्रिय घट्ना, लुटपाट, चोरी डकैती हुन् नदिनका लागी सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पचिालन समेत गरिने भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक शुभाष हमालले जानकारी दिए । चोरी हुने संकास्पद नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया