भरतपुर महानगरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते

काठमाडौं । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेणु दाहाल दुर्घटनामा घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी सवार गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

मेयर दाहालको उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रहरीका अनुसार उनी चढेको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।

प्रतिक्रिया