विराटनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको छ ।

साउन ६ गते बुधबार राति १२ः१० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवको कोठामा खानतलासी गर्दा ती अवैध सामग्रीहरू फेला पारेको बताइएको छ ।

खानतलासीका क्रममा उनको साथबाट एक थान कटुवा पेस्तोलका साथै ८.४८ ग्राम गाँजा र ३ ग्राम ०७ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद हातहतियार र लागूऔषधसहित नियन्त्रणमा लिइएका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया