
पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो फेवाताल ।पर्यटकका लागि आकर्षणको केन्द्र फेवातालले भने प्लाष्टिकजन्य फोहोर, ढल मिसावट र अतिक्रमणको समस्या भोग्दै आएको छ । फेवातालमा पानीसहित अन्य पेय पदार्थका बोतल, प्लाष्टिक, झोलादेखि जुत्ता–चप्पलसम्म भेटिन्छ ।
अहिले पनि फेवाताल किनारमा नकुहिने फोहोरको डंगुर देखिन्छ । ताल सफाइ गरेर निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिएको छ । ड्यामसाइड पार्क र त्यस आसपासमात्र होइन, तालमा पनि पानीका बोतल तैरिएको देखिन्छ ।
पोखरा महानगरपालिका, स्थानीय टोल विकास संस्था, नागरिक समाजले फेवाताल सरसफाइ गर्दै आएका छन् । तर, संकलित फोहोर व्यवस्थापन नगरी किनारमा छोड्दा ताल छेउको ड्यामसाइड पार्क क्षेत्र कुरुप बनेको छ ।–तस्विर अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया