नेपाल बैकको चार शाखा विस्तार

काठमाडौ । नेपाल बैंकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकै दिन चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले टोखा नगरपालिका वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका वडा नं. १ स्थित रानीवन चोक, काठमाडौं महानगरपालिका वडा नं. १३ को रिङरोड सितापाइला चोक र वडा नंं. ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल बैंकको शाखा संख्या २ सय १७ पुगेको छ ।

बिहीबारदेखि सञ्चालनमा आएका नयाँ शाखाहरूमध्ये ग्रिनल्याण्ड शाखाको उदघाटन नेपाल सरकारका सचिव एवं नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले गरेका हुन । यसबाहेक अन्य तीन शाखाहरूमा सफ्ट लञ्चसहित कारोबार सुरू गरिएको छ ।

ग्रिनल्याण्ड शाखाको उदघाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रिनल्याण्डमा बैंकको शाखा स्थापना भएसँगै नगरबासीलाई वित्तीय कारोबार गर्न सहज बनाउने बताए। बैंकको नेपालभर २ सय १७ शाखा, १ सय ७९ एटिएम र ४८ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा पु¥याइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया