पुल्चोक क्याम्पसका विद्यार्थीलाई एनसेल छात्रवृत्ति

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको हो । १८ जनालाई छात्रवृत्ति प्रदान र ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।कम्पनीका अनुसार हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा इन्जिनियरिग अध्ययन संस्थानका डीन प्रा.शशीधर राम जोशी, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानून, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

प्रतिक्रिया