एकल पुरुषलाई पनि भत्ता

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका ७ को कार्यालयले एकल पुरुषहरुलाई भत्ता दिने निर्णय गरेको छ । बिहिवार सामाजिक सुरक्षा भत्ता अन्तर्गत एकल पुरुष अर्थात विधुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको हो ।

आज वडाभित्रका विधुर पुरुषहरुलाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरिएको वडा अध्यक्ष धिरेन्द्र बहादुर बमले बताए ।

श्रीमती गुमाएका पुरुषहरुले घरको जिम्मेवारी लिनुपर्ने भएकाले छोराछोरीको पालनपोषणका लागि केही रुपमा सहज होस् भनेर एकल पुरुषलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको उनले बताए । नवनिर्वाचित वडा अध्यक्ष बमले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया