फिदिम नगरमा नवनिर्वाचित र निवर्तमानलाई स्वागत तथा बिदाइ

पाँचथर । फिदिम नगरपालिकाले बिहिबार नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाइ स्वागत तथा बिदाई गरेको छ ।
उक्त जनप्रतिनिधिहरुलाइ प्रदेश एकका सांसद सिता थेवेले मायाको चिनो र खादा लगार्इ स्वागत र विदाई गरिन् ।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधि र नवनिर्वाचित जनप्रतिनिधिहरु भेला भएका थिए । उक्त समारोहमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले स्वागत गरेका थिए ।

फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षमा भएको समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद शाह, सुरक्षा निकायका अधिकारी, लगायतको उपस्थिति रहेको थियो । उक्त समारोहलाई बिभिन्न निकायले शुभकामना दिएका थिए ।

प्रतिक्रिया