जनताको सेवकको भएर काम गर्छु : वडाध्यक्ष आलम

पर्सा । पर्साको पोखरिया नगरपालिका को वडा नं ९ मा विजयी भएका नेपाल सुशासन पार्टीका नौसाद आलमले पदभार सम्हालेका छन् । वडाध्यक्ष नौसाद आलमले शपथ ग्रहण गरि वडा कार्यालयमा पुगी कार्यभार ग्रहण गरेका हुन् । सो अवसरमा वडाध्यक्ष आलमले भने, ‘जनताले मलाई जिताएको भएपनि मेरो जित होईन सम्पूर्ण जनताको जित भएको छ ।’ जनताको सेवकको रुपमा काम गर्ने उनले बताए । जनताको साथ र सहकार्य गरि बिकास निर्माण को काम काजमा अगाडि बढने प्रतिद्धता गरे ।

प्रतिक्रिया