एभरेष्ट बैक र सहारा फिजियोथेरापी वीच सम्झौता

काठमाडौ । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

सो सम्वन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका हुन ।
कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया