बिओकका ग्राहकलाई छुट

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमश ७ प्रतिशत तथा १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सबै सेवामा एकमुष्ठ अधिकतम १० प्रतिशत सम्मको छुट पाउनेछन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको पनि जनाएको छ ।

हालसम्म बिओकेले ९७ शाखा कार्यालय, ८८एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको पनि जनाएको छ ।

प्रतिक्रिया