प्रतिनिधिसभा बैठक बस्दै आज : नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्ने भएको छ । आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूचीय संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

सम्भावित कार्यसूची अनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बैठक बिहान ११ बजे प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिक्रिया