तमोर कोरिडोर सडक कालोपत्रे हुने

पाँचथर । छोटो दूरीका लागि बनेको तमोर कोरिडोर सडक कालोपत्रे हुने भएको छ । उक्त सडक १ सय १० किलोमिटर कालोपत्रे बन्ने छ । संघीय अर्थ मन्त्रालयको ५ अर्ब ७६ करोड ८७ लाख बजेट बाट निर्माण हुने जनाइएको छ ।

उक्त योजना लागू गरिने र सुनिश्चित भएको अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जनाएका हुन् । उक्त सडक निर्माणबाट धनकुटा, पाँचथर, ताप्लेजुङ जिल्लाका नागरिक लाभाम्वित हुनेछन् । प्रदेश एक , धरानबाट करिव पाचथर सदरमुकाम आउन ६ घन्टामात्र लाग्ने छ ।

प्रतिक्रिया