छिपहरमाईका जनप्रतिनिधिहरुको सपथ ग्रहण

पर्सा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका छिपहरमाई गाउँपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्वाचित जनप्रतिनिधिहरुलाई छिपहरमाई गाउँपालिका निर्वाचित अध्यक्ष मनोज गुप्ताले सपथ गराएका छन् । बुधबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरि नवनिर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई पालिका अध्यक्ष गुप्ता र उपाध्यक्ष लिलावती देवी कानुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मनोज गुप्ताको अध्यक्षता तथा लिलावती देवी कानुको विशिष्ट अतिथियतामा भएको थिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज गुप्ता, उपाध्यक्ष लिलावती देवी कानु, वडा अध्यक्ष कामेश्वर प्रसाद यादव, महेन्द्राप्रसाद कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो केवट, मौजिलाल साह कानु, गाउँपालिकाको कानूनी सल्लाहकार हरिहर साह कानु लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

सपथ ग्रहण कार्यक्रममा छिपहरमाई गाउँपालिकाका नि।प्रमुख प्रसाश्किय प्रमुख शम्भु साह, गाउँपालिकाका सम्पूर्ण कर्मचारी , सञ्चारकर्मी, सुरक्षाकर्मी, भद्रभलादमी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधिहरु वफादार भएर काम गर्न कार्यक्रमका अतिथिहरुले सुझाव दिएका छन् ।

‘म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वर–देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका काम साथ गर्नेछु’, जनप्रतिनिधिहरुको सपथमा भनिएको छ ।

गाउँपालिकामा निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै बुधबार देखि नै पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया