पाँचथरमा राष्ट्रिय युवा संघको राके जुलुस

पाँचथर । राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले फिदिम बजारमा राकेजुलुस प्रदर्शन गरि मुल्यबृद्धिको बिरोध गरेका छन् । इन्धन मुल्यबृद्धि बिरुद्ध साँझ७ बजे नारा लगाउँदै राको बालेर उनीहरुले बिरोध गरेका हुन् । प्रदर्शनकारीले चर्को मुल्य बृद्धि फिर्ता गर, नालायक सरकार राजिना मा दे, राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद जस्ता नारा लगाउँदै गणतन्त्र चोकमा कोण सभा गरे । सरकारले हप्तैपिच्छे इन्धनको मूल्य बढाएको कारण बिरोध गरेको उनीहरुले बताए । प्रदर्शनकारीको हातबाट राको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया