मेयर भामले सार्वजनिक गरे सम्पति विवरण

मुगु । छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जिल्ला सदरमुकाम गमगढीको कृष्ण चोकमा मंगलवार आयोजित कार्यक्रमममा उनले सम्पति सार्वजानिक गरेका हुन् ।

जसअनुसार उनीसँग १४ तोला सुन, दुई तोला चाँदी, १५ लाख बैक ब्यालेन्स र नगद मौज्दात १६ लाख रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे । मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविकसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए ।

छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको उल्लेख गरे।गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको जनाइएको छ ।

नगर प्रमुख भामले यि सम्पतिमा आफ्नो कुनै हक दावी नलाग्ने बताए। प्रायस् जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पती पुर्ख्यौली भएको पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ८० धार्नी, काँसका भाँडाकुँडा ५२ केजी, अन्य सानातिना सामानहरु सय थान र लिउ, गँलैचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए ।

प्रतिक्रिया