‘जनप्रतिनिधिले जवाफदेही भएर काम गनुपर्छ’

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिहरूले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ मा निर्माण गरिन लागेको ज्येष्ठ नागरिक अस्पतालको सोमबार शिलान्यास गर्दै उनले जनप्रतिनिधिहरूको सानो गल्तीले समग्र पार्टीको शाख गुम्ने भएकाले आप्mनो कामप्रति जनप्रतिनिधि इमानदार हुनु जरुरी रहेको बताए ।

जनप्रतिनिधिलाई जनताले ठूलो आशा र भरोसाका साथ मत दिएर जिताएकाले जनप्रतिनिधिले आफनो दायित्वलाई इमानदारीका साथ पूरा गनुपर्ने उनले बताए । उनले जनप्रतिनिधिले गरेको कामप्रति जनताले वाच डगको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले मुलुकमा भ्रष्टाचार बढेकाले सुशसान र पारदर्शी भएर आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरे ।

उनले ज्येष्ठ नागरिक समाजका धरोहर भएकाले उनीहरूका स्वास्थ्य र उचित व्यवस्थापनका लागि राज्यले सहयोग पु¥याउनुपर्ने बताए । मुलुक गम्भीर आर्थिक संकटबाट गुज्रि रहेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत हरेक वस्तुहरूको मूल्य निरन्तर वृद्धि भइरहेकाले जनतालाई राहत दिने खालका कार्यक्रमहरू सरकारले ल्याउनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकका उचित बसोवास र उनीहरूको स्वास्थ्य उपचारका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

उनले ज्येष्ठ नागरिक अस्पताल निमार्णमा समेत महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । विराटेश्वर वृद्धआश्रमले चन्दा संकलन गरेर सो अस्पताल निर्माण गर्न लागेको हो । आश्रमका अध्यक्ष जगत अर्यालले यसअघि पाँच–पाँच रुपैयाँ संकलन गरेर विराटनगर–८ मा काठमाडौंको लागतमा वृद्धाश्रम निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।

अस्पताल निमार्णका लागि सहयोगी दाताहरूबाट सहयोग आउन थालिसकेकोले केही महिना भित्रैमा अस्पतालको निर्माण कार्य सुरु हुने उनको भनाइ छ । अस्पताल निर्माणका लागि देश विदेशमा बस्ने नेपाली तथा नेपाल सरकार साथै महानगरपालिकाहरूले सहयोगका लागि प्रतिवद्धता आइसकेको र रकम संकलनसमेत भइरहेको उनले बताए ।

पहिलो चरणमा १५ बेडको सुविधा सम्पन्न अस्पताल निमार्णका लागि २० करोड रुपैयाँ लाग्ने जनाइएको छ । अस्पताल निमार्णका लागि शंखर अधिकारी मेमोरियल ट्रस्टले एक बिघा जाग्गा निःशुल्क उपलव्ध गराएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस महानगर सभापति दीपक चापागाईं सो वडाका नवनिर्वाचित वडाध्यक्ष हरिशचन्द्र साहनी, नेपाली कांग्रेस प्रदेश–१ कोषाध्यक्ष राजेश गुप्ता तथा डा.नारयणकुमारले जतिसक्दो चाँडो अस्पताल निर्माण हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया