भीम रावलको गृहपालिकामा एमाले-माओवादी गठबन्धन पराजित

अछाम । नेकपा एमालेका नेता भीम रावलको गृहपालिका अछामको साँफेबगरमा नेकपा एमाले पराजित भएको छ । साँफेबगरको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका राजेन्द्र बहादुर कुवँर ७ हजार २६५ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी पशुपति कुवँरले ५ हजार ३९ मत मात्रै ल्याइन् ।

यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४०२ मत ल्याए । कुँवरका प्रतिस्पर्धी एमालेका रंगबहादुर ठकुल्लाले ५ हजार ३१४ मत ल्याए ।

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादी तथा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर चुनावमा सहभागी भएका थिए ।

प्रतिक्रिया