वडाध्यक्षद्वारा आफ्नो तलवबाट वडाबासीको विद्यूत महशुल बुझाइदिने घोषणा

बैतडी । जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महशुल दिन उनले घोषणा गरेका हुन् ।
सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजय भएका हुन् ।

वडाध्यक्षले परिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भइसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए ।

उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन्, उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ, यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ, उक्त रकम अध्यक्षको तलवबाट तिर्न समस्या हुँदैन् ।’

प्रतिक्रिया