सेञ्चुरी बैंकको नयाँ शाखा अब नवलपुरको कावासोतीमा पनि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई थप सुविधा पु-याउनु उद्देश्यसहित सोमबार कावासोती नगरपालिकाको वडा नम्बर ८ स्थित कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा खोलेको हो ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । योसँगै बैंकको शाखा संख्या १३७ पुगेको छ ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया