डिलासैनी गाउँपालिकाको धामीगाउँबाटै सेवा सुरु

बैतडी । जिल्लाको डिलासैनी गाउँपालिका– ७ धामीगाउँबाट पालिकाको सेवा सूचारु भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले पदभार ग्रहण गर्दै धामीगाउँबाटै सेवा सुरु भएको घोषणा गरेको वडा नम्बर ५ का वडाध्यक्ष यज्ञ भट्टले जानकारी दिए ।

राज्य पुनरसंरचना पछि आयोगले धामी गाउँमै पालिकाको केन्द्र रहेको भन्दै २०७४ सालमै राजपत्रमा प्रविष्ट गरिसकेको थियो । तर, तत्कालिन कार्यपालिकाले वडा नम्बर ३ पंसेरमा रहेको बिद्यालयमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रबाह गर्दै आएको थियो ।

तत्कालिन कार्यपालिकाले पंसेराको सम्पर्क कार्यालयलाई नै पालिकाको केन्द्रको रुपमास्थापना गर्न खोजेपछि विरोध हुँदै आएको थियो । यद्यपि संघीय सरकारबाट धामीगाउँबाटै सेवा सूचारु गर्न पटक–पटक परिपत्र गर्दा पनि तत्कालिन पालिका सरकारले अटेरी गर्दै आएको थियो ।

नवनिर्वाचित पालिकाका पादाधिकारीहरुले धामीगाउँबाटै पद तथा गोपनियताको शपथ लिएका छन् भने कामकारवाही पनि सूचारु भएको छ ।

प्रतिक्रिया