वडा कार्यालयको सहयोगमा हिलट्यांक वितरण

बझाङ । बझाङको जयपृथ्वी नगरपालीका– ७ को वडा कार्यालयबाट वडाभित्र रहेका नागरिकहरुलाई निःशुल्क रुपमा हिलट्याक वितरण गरिएकोका छ ।

वडा कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका करीव ८ सय घरधुरीलाई निःशुल्क रुपमा हिलट्यांक वितरण गरिएको जयपृथ्वी नगरपलिका– ७ का निवर्तमान वडाध्यक्ष हरिचन्द्र जोशीले बताए ।

जोशीले आफ्ना वडामा सबैको घर–घरमा खानेपानी, विजुली, सडक, सञ्चार, पुगिसकेको र वडावासिहरु सबैको घरमा एकघर एक धारा भएता पनि कहिले काहीँ खानेपानीको पाईप टुटफुट भई वडावासिमा समस्या हुने भएका कारण कुनै पनि नागरिकहरुलाई खानेपानीको समस्या नहोस् भन्ने उदेश्यका साथ वडा कार्यालयबाट १२ लाख र नगरपालिवाट ३० लाख गरी ४२ लाखको लागतमा प्रत्येक परिवारलाई करीव ८ हजार मूल्य बराबरको हिलट्यांक वितरण गरिएको बताए ।

हिलट्यांक बुझ्दै स्थानीयवासी गणेश बेहराले कहिलेकाहीँ कामधन्दा सकेर धारामा पानी नहुँदा निकै समस्या हुने गरेको र वडा कार्यालयले निःशुल्क दिएपछि निकै खुशी लागेको बताए ।
त्यस्तै अर्का स्थानीय रँङगलाल बोहराले पछिल्ला दिनहरुमा वडा कार्यालयले प्रतेत्येक जनताको घर–घरमा पहुँच पुग्ने कार्यक्रम ल्याएको हुँदा एकदम खुशी लागेको बताए ।
यसैबीच यसभन्दा पहिले वडा कार्यालयबाट वडाभित्र रहेका सम्पूर्ण वडावासिहरुलाई करीव ८ हजार मूल्य वरावरको ग्यास चुल्हो र सिलिन्डर वितरण गरिएको थियो ।

प्रतिक्रिया